पत्रकार अथवा संचारकर्मी भनेको यही समाजका व्यक्ति हुन् । कुनै अर्को ग्रहबाट आएर पत्रकारिता गर्ने होइन ।
पत्रकार समाजको ऐना पनि हो । पत्रकार र समाजका हरेक व्यक्तिहरुको सम्बन्ध एकदमै प्रगाढ हुन आवश्यक छ । अझै जनप्रतिनिधि र संचारकर्मीहरुको भूमिका भने झनै महत्वपूर्ण छ र सम्बन्धमा तिक्तता आउनु पर्ने कारण नै छैन । हार्दिकता पूर्वक संचारकर्मी र जनप्रतिनिधि समाजमा रहनेसक्ने अवस्था छ र धेरै ठाउँमा रहदै आएको पनि देखिन्छ । तर अपवाद स्वरुप एकाध ठाउँमा भने तनाब सृजना भएको पनि देखिन्छ ।

यसमा संचारकर्मीहरुको कही कतै कमजोरी होलान तर पनि जनप्रतिधि झनै बढी जिम्मेवार बन्न आवश्यक छ ।
बाराको सुुवर्ण गाउँपालिकामा संचारकर्मी र अध्यक्षबीचको समस्यालाई लिएर अहिले आलोचना भइरहेको देखिन्छ । गाउँपालिकाका अध्यक्षले गल्ती नगरीकन संचारकर्मीले भिडियो बनाएको भए त्यो गलत होला तर केही तथ्य प्रमाण भएपछि समाचार वा भिडियोहरु आउने हुन् ।

हो, संचारकर्मीहरु पनि जिम्मेवार बन्न आवश्यक छ । यदि संचारकर्मीले गल्ती गरे त्यसको उपचार सभ्य तरिकाले नै लिन सकिन्छ । अहिले गाउँगाउँमा संचारकर्मी उत्पादन भएका छन् । यो राम्रो हो तर उचित व्यवस्थापन नहुँदा केही समस्या होला । त्यसको निगरानी पत्रकार महासंघ सहितको सरोकारवला निकायले गर्छ र जनप्रतिनिधिले भने सभ्य तरिकाले न्याय खोज्ने हो यो विषयमा सचेत र गम्भीर जनप्रतिनिधि नै बन्न अवश्यक छ ।

 

Leave a Reply