वीरगन्ज,जिल्ला प्रहरी कार्यालय पर्साले बेवारिसे अवस्थामा ५९ कार्टुन स्याउ बरामद गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ भुटनदेवीस्थित सडक खण्डबाट इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको टोलीले स्याउ बरामद गरेको हो । नामथर नखुलेका १०÷१५ जनाले टाउकोमा बोकेर अवैध रुपमा भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी पुगेपछि उनीहरुले स्याउको कार्टुन छोडेर फरार भएको प्रहरीले जनाएको छ ।

अनुमानित २८ हजार २ सय ५० रुपैयाँ मूल्य बराबरको स्याउ आवश्यक अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक राजेशराज पुरीले जानकारी दिनुभयो ।
यसैबीच प्रहरीले विभिन्‍न लागूऔषधसहित चारजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय जितेसप्रसाद श्रीवास्तव, काठमाडौं महानगरपालिका वडा नम्बर ३ का ३२ वर्षीय विमल श्रेष्ठ, हेटौंडा उपमहानगरपालकिा वडा नम्बर ११ का २१ वर्षीय डेनिएल तामाङ र हेटौंडा उपमहानगर वडा नम्बर ४ कै २७ वर्षीय विकास देउला रहेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्रब १६ बसपार्कस्थित कार्यालय मातहत वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार दिउँसो २ः३० बजे १०० एमएलको २३१ बोतल लागूऔषधसहित जितेस प्रसाद श्रीवास्तवको साथबाट बरामद गरेको छ ।

यस्तै साउन २० गते वीरगन्‍ज महानगरपालिका–१६ शंकराचार्यबाट काठमाडौं सितापाइलका ३२ वर्षीय विमल श्रेष्ठ र हेटौंडाका २१ वर्षीय डेनियल तामाङको साथबाट स्कुटीको डिकीमा लुकाएर ल्‍याएको लागूऔषध नुर्फिन ३० एम्पुल, डाइजेपाम ३० एम्पुल र फेनारगन ३० गरी ९० एम्पुल प्रहरीले बरामद गरेको छ । यस्तै साउन बिहीबार वीरगन्जको जयन्तीचोकबाट हेटौडाका २७ वर्षीय विकास देउलाको साथबाट कोडिन फस्फोट सिरफ १०० एमएलको ३३ बोतल, नाइट्राभेट ७५ ट्याबलेट र स्पाकोर भोनप्लस ८ प्रहरीले बरामद गरेको जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई लागु औषधसम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here