निजगढ,नेकपा माओवादी निजगढ नगर कमिटीको अध्यक्षमा संन्तोष दङ्गाल चयन हुनुभएको छ ।

गत मंसिर २० गते आयोजना गरिएको पार्टीको नगर अधिवेशनमा अध्यक्ष र पदाधिकारीमा आकांक्षी धेरै देखिएपछि नयाँ नेतृत्व चयन नगरी स्थगित भएको नगर अधिवेशनले मंगलबार अध्यक्षसहित पदाधिकारी र सदस्यहरुको नाम सर्वसम्मतिमा टुङ्गो लगाएको हो ।

निर्वाचन समितिका सहसंयोजक महेश्वर अधिकारीले दिएको जानकारी अनुसार ६५ सदस्यीय नगर समितिको उपाध्यक्षमा छिरिङ्ग वल, धनबहादुर खुलाल र जगजीवन कुवर तथा सचिवमा रमेश अर्याल, सहसचिव शेख अन्जर र कोषाध्यक्षमा जिरीमाया वल चयन हुनु भएको छ ।

नवनिर्वाचित नगर समितिका सदस्य र पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत श्यामकुमार शर्मा दहालले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो । कार्यक्रममा नेकपा माओवादी युवा तथा खेलकुद केन्द्रीय विभागका सदस्य युवराज लामा र पार्टीको बारा जिल्ला कमिटी सदस्य संगम लोप्चनले कमिटीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here