सिमरा,प्रदेश २ मा कोरोना कहरमा न्यून संख्यामा मात्र सवारीसधान सन्चालनमा रहेको मौका छोपेर यात्रुवाहक सवारीले बढी भाडा लिएर यात्रुलाई ठगेको पुष्टि भएको छ ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको र निषेधाज्ञा पनि पुर्णरुपमा नहटेकाले सवारीसाधन कम संख्यामा चलिरहेका छन् । त्यसैको मौका छोपेर यात्रुवाहक सवारीसाधनहरुले यात्रुहरुसंग बढी भाडा लिएर ठगी गर्दै आएका छन् । कोरोना कहरमा पिल्सिएका सर्वसाधारणलाई यात्रुवाहक सवारी संचालक र चालकले लुटिरहेको सर्वसाधारणले गुनासो गरेपछि ट्राफिक प्रहरीले छड्के चेजजाच गर्दा यात्रुहरु ठगिएको पुष्टि भएको हो । यसैक्रममा प्रदेश २ मा यात्रुहरुसंग अतिरिक्त भाडा लिइ ठगी गर्ने सवारी सञ्चालक र चालकबाट ३ लाख ११ हजार ५ सय ९१ रुपैया ट्राफिक प्रहरीले फिर्ता गराएको छ ।

यात्रुवाहक सवारीले ठग्दै गरेको भन्ने सूचना पाएको ट्राफिकले छड्के चेकजाँच गर्दा ठगिएको फेला परेपछि बढी लिएको भाडा यात्रुलाइ फिर्ता गराइएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी नायब उपनिरीक्षक सन्तु जयसवालले बताउनुभयो । कोरोना कहरमा पिल्सिएका सर्वसाधारणलाई यात्रुवाहक सवारी संचालक र चालकले लुटिरहेको सर्वसाधारणले गुनासो गर्दै आएका थिए । त्यहि गुनासोको आधारमा प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया अन्तर्गत ट्राफिक प्रहरीले गरेको छड्के चेकजाँच क्रममा १ सय ३५ वटा यात्रुवाहक सवारीले १ हजार ३ सय ७ जना यात्रुलाई ठगेको पुष्टि भएको ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक जयसवालले बताउनुभयो ।

चालु आर्थिक वर्षको साउन १ गतेदेखि १४ गतेसम्म अर्थात् १४ दिनमा नै १ सय ३५ वटा यात्रुवाहक सवारीले निर्धारित भाडा दरभन्दा बढी रकम असुलेर यात्रुलाइ ठगेको भटिएको जयसवालले बताउनुभयो । बस, टाटासुमो, हाइस र अटो गरी कुल १ सय ३५ वटा सवारीमा हिँडिरहेका १ हजार ३ सय सात जना यात्रुबाट तोकिएको भन्दा ३ लाख ११ हजार ५ सय ९१ रुपैयाँ बढी भाडा असुलेको भेटिएको ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी नायव उपरिक्षक जयसवालले बताउनुभयो । नियमविपरीत सर्वसाधारण यात्रुसँग अतिरिक्त भाडा असुल्ने ती सवारी साधनलाई आवश्यक कारबाही गर्दा नेपाल सरकारको राजश्वमा पनि २ लाख १४ हजार ५ सय रकम थपिएको जयसवालले बताउनुभयो ।

त्यसैगरी चेकजातको क्रममा तोकिएको भन्दा बढी तौल बोरर राजमार्गमा चलेका भारतीय ढुवानीका साधनहरुलाई पनि प्रहरीले कारबाही गरेको छ । भारतीय नम्बरका बिआर २२ जिबी १८६१, बीआर ०६ जिडी ८००८ र बीआर ०६ जिए १३२६ का मालवाहक सवारीले अनलाइन बिलमा तौल कम देखाएर बढी भार बोकेको पाइएपछि नियन्त्रणमा लिएर राजश्व कार्यालय पथलैया बारामा बुझाइएकोम छ । बढी भार बोक्ने मालवाहक सवारीलाई पनि राजश्व कार्यालयले कार्वाहीस्वरुप १ लाखका दरले धरौटी लिएर छोडिएको पनि ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here