रौतहट,रौतहटको बौधीमाई नगरपालिकाका मेयर प्रदीप यादवविरुद्ध स्थानीयले नाराबाजी र प्रदर्शन गरेका छन् ।
बुधवार नगरपालिकाको कार्यालय अगाडि जम्मा भएर स्थानीयले मेयर यादवको कार्यशैलीविरुद्ध नारावाजीसहित प्रदर्शन गरेका हुन् ।
उनीहरुले भ्रष्टाचारी मेयर मुर्दावाद, भ्रष्टाचारीलाई कारबाही गरलगायतका नारा लगाउँदै मापदण्ड नबनाई मनोमानी ढंगले मेयर यादवले सडक बिस्तारका नाममा स्थानीयका घर भत्काएर दुख दिएको बताएका छन् ।स्थानीय अगुवा एवं पूर्ववडा अध्यक्ष श्रीभगवान पटेलले मापदण्ड बनाएर सडक बिस्तार गर्नुको साटो मेयरले मनोमानी रूपमा जथाभाबी घर भत्काएर दुःख दिएको बताउनुभयो ।‘मेयर आफैले लट्ठी लिएर स्थानीयलाई कुटपिट गरेका छन्, स्थानीयको घरमा तोडफोड गर्ने मेयरलाई कारबाही हुनुपर्छ,’ पटेलको भनाई छ ।यस्तै स्थानीय आन्दोलनकारीले मेयर यादवले विभिन्न आयोजनामा गरेको भ्रष्टाचारको छानबिन हुनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने लगायतका माग समेत गरेका छन् ।