जीतपुर,वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ रामबन बस्ने १९ बर्षिय प्रविन भट्टराई गत भदौ ९ गतेबाट बेपत्ता बनेका छन् । भदौं ९ गते नारायणघाटबाट घर आउने भन्दै बस चढेको तर भट्टराई घर नआइ पुगेपछि उनी हराएको हुन सक्ने परिवारका सदस्यहरुले बताएका छन ।

नारायणघाटबाट बसबाट आउने क्रममा हेटैडाबाट निजको मोवाईल स्वीचअफ भएको र खोजतलास गर्दै जादाँ सोही दिन वीरगन्जको बसपार्कमा राखिएको सिसिटिभी क्यामरामा देखिएको भएपनि अहिलेसम्म घर नआएको दाजु प्रदिप भट्टराईले जानकारी दिनुभएको छ ।

मोवाईल पनि आफ रहेको र बसबाट बाराको जीतपुर ओर्लेर घर जानुको सट््टा वीरगन्ज पुगेको र त्यहीबाट हराएको हुनसक्ने परिवारको आशंका छ प्रविनको खोजतलासको लागि परिवारले पर्सा प्रहरीको सहयोग लिदै आएको भएपनि प्रविण अझै फेला नपरेपछि परिवारमा चिन्ता थपिएको छ ।

प्रविनका दाजुले भाइको खोजी कार्यमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ । उहाँले उनलाई देख्नेले नजिकैको प्रहरी कार्यालय वा ९८६०९४५७७८, ९८६९२६०८२०, ९८१२२०६४६० मा फोन गरेर जानकारी गरिदिन आग्रह गर्नुभएको छ ।

Leave a Reply