हुलाकी राजमार्ग तराई मधेशको मात्रै होइन समग्र मुलुकको सम्पत्तिको रुपमा लिइएको थियो र सरकारले त्यही अनुसार निर्माणको जिम्मा पनि दिएको थियो तर सरकारले दिएको जिम्मा अनुसारको काम भने हुन सकेन । हुलाकी सडक निर्धारित समयमा सम्पन्न हुन नसक्नुका पछाडि धेरै कारण रहेपनि यो निर्माण तीव्र गतिमा हुनुपर्छ मुख्य कुरा यही हो ।

सरकारले अबौं लगानी गरेको सडक भनेको नागरिकहरु हिड्नका लागि बनाइएको हो । नागरिकहरुले निर्वाध रुपमा हिड्न पनि पाउनु पर्दछ तर सरकार नै गैरजिम्मेवार बनेपछि भने नागरिकहरुको चाहना पूरा हुन सक्दैन । त्यसैले पनि सरकारले आफूले जिम्मा दिएका यस्ता महत्वपूर्ण बिकास निर्माणको बिषयमा ख्याल गर्नु पर्दछ ।

बारा र पर्सामा पनि हुलाकी राजमार्ग निर्माण भइरहेका छन् तर काम सफल भएका छैनन् । भएका काम पनि अधुरो र अपुरो नै रहेका छन् । यसको पनि त दोषी व्यक्ति वा निकाय छन् नि । सरकारहरुले नै अनुगमन तथा ठेकेदारमा हात हालेका कारण र संरक्षण प्रदान गरिएका कारण काम समयमा हुन सकेको छैन । त्यसैले वषौंसम्म पनि चाहेको जस्तो हुलाकी सडकको उपभोग गर्न जनताले पाएका छैनन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here