बरियारपुर,कोभिडको दोस्रो चरणको महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण समस्यामा परेका गरीब परिवारलाई युवा संघ नेपाल बाराले आइतबार राहत वितरण गरेको छ । युवा संघ नेपालले कलैया उपमहानगरपालिका वडा नम्बर १४ भौराटोलमा गरिब परिवारमा राहत वितरण गरेको हो । युवा संघ नेपाल कलैया उपमहानगरपालिका नगर कमिटी अध्यक्ष हरिओम गुप्ताको अध्यक्षतामा ५४ दलित घरपरिवारलाई राहत वितरण गरिएको छ । अतिबिपन्न दलित घरपरिवार पहिचान गरी प्रत्येक घरधुरीलाई १५ किलोग्रामको एक÷एक प्याकेट चामल वितरण गरिएको हो । साथै राहत लिन आउने मध्ये माक्स नलगाएकाहरुलाई एकएक थान सर्जिकल मास्क समेत वितरण गरिएको थियो ।

राहत वितरण कार्यक्रममा बिसुन प्रसाद यादव, नेकपा एमाले जिल्ला कमिटी सदस्य ध्रुव यादव, बिक्रम ठाकुर, युवा संघ नेपाल बाराका अध्यक्ष राम यादब, कोषाध्यक्ष अरिफ अँसारी, कलैया नगर कमिटी सदस्य मनोज जैसवाल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply