राजन कुमार बानिया
पोखरिया,पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ निवासी महिला नेतृ सिमा गुप्ता एमालेमा प्रवेश गर्नुभएको छ । आइतवार जिराभवानीको भवानीपुरमा एमालेले आयोजना गरेको चुनावी कार्यक्रममा गुप्ता आफ्ना समर्थकसहित एमालेमा सम्मिलित हुनुभएको हो ।
जिल्लामा सक्रिय महिला अगुवा गुप्तालाई एमाले पर्साका अध्यक्ष जयप्रकाश थारू, नेता जालिम मियां, पवन तिवारी, उषादेवी थरूनी लगायतले टिका र माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
पछिल्लो डेढ दशकदेखि माओवादी पार्टीमा आबद्ध बनेर राजनीति गर्दै आउनुभएकी गुप्ताका पिता बासदेव प्रसाद कलवार साविकको प्रशुराम गाविसमा पटकपटक प्रधानपन्च र अध्यक्षमा निर्वाचित हुुनुभएको थियो । बुबाको स्वर्गवासपछि सिमा राजनीतिमा सक्रिय हुदै आउनुभएको छ ।