विदुर खडका
डुमरवाना,सरकारले पशुपालन किसानहरुलाई दुध र दग्धजन्य सामग्रीमा आत्मानिर्भर गराउने नितिको वकालत गरेपनि बाराका किसानले उत्पादन गरेको दुधले भने बजार नपाएर दुध खेर गईरहेको छ । दुध बिक्री नभएपछि पशुपालक किसान भने समस्यामा परेका छन ।डुमरवाना दुध सहकारीले संकलन गरेको दुधले बजार नपापछि हाल २० टन पाउडर दुध र १२ टन घिउ गोदाममा थन्किएको छ उत्पादित दुध र उपभोक्ताबीचको खाडललाई व्यवस्थापन गर्न सरकार लागि परेमा समस्या समाधान हुने केन्द्रिय दुध सहकारी संघका अध्यक्ष अमरबहादुर कुवरको भनाई छ ।स्वदेशी दुधले बजार नपाउनुको मुख्य कारणमा खुल्ला सिमाना र भारतबाट दुध आयात तथा पाउडर दुध उत्पादन गर्ने कंम्पनीहरुको लापरबाही समेत रहेको अध्यक्ष कुवरको भनाई छ ।जन्मदेखि मृत्युसंम्म, सडकदेखि सदनसंम्मका हरेक प्रकारका मानिसहरुलाई दुधको आवश्यकता पर्ने तर किसानले उत्पादन गरेको दुधलाई सरकारले व्यावस्थापन गरी किसानमुखी नीति बनाउन नसकेको कुवरको भनाई छ ।देशमा दर्जनौ पाउडर दुध उत्पादन कंम्पनी रहेपनि राज्यले दुधको सर्मथन मुल्य तोकेर किसानले उत्पादन गरेको दुधको व्यवस्थापन गर्नुपर्ने कुवरको भनाई छ । दुध सहकारी संघले दुध व्यवस्थापन गर्न सरकारसंग बारंम्बार माग गर्दै आएको कुवरले बताउनुभयो ।



















