काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।सिंहदरबारमा प्रधानमन्त्री दहालसहित सत्ता सहयात्री दलका नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन दलका नेताले लामो छलफल गरेका हुन् ।

तीन नेताहरूबीच मधेस प्रदेशमा सरकार बनाउने विषयमा कुरा भएको छ । त्यसैगरी रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई केन्द्र सरकारमा समावेश गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।माधव नेपालले पनि वर्तमान गठबन्धनलाई निरन्तरता दिँदै मधेस सरकारमा जनमत पार्टीलाई सत्ता गठबन्धनको निर्णयअनुसार सहयोग गर्न तयार भएको बताएको एमाले अध्यक्ष ओलीको सचिवालयको भनाई छ ।

त्यसभन्दा पहिले बालुवाटारमा प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पनि भेटघाट भएको थियो । सो भेटमा संसद् चलायमान बनाउनेबारे छलफल भएको बताइएको छ । विधेयकहरूका विषयमा पनि छलफल भएको थियो ।पछिल्लो समय मधेस सरकारको विषयलाई लिएर सत्ता गठबन्धनका नेताहरूबीच असमझदारी बढेको छ ।

Leave a Reply