सिम्रौनगढ,सिम्रौनगढ नगरपालिका अन्तर्गतका विद्यालयहरू बुधबारबाट संचालनमा आएका छन । नगरपालिका क्षेत्रका प्रधानाध्यापकहरूको मंगलबार भएको भेलाले नगरपालिकाभित्रका विद्यालय संचालनमा ल्याउने निर्णय गरेको थियो ।
सिम्रौनगढ नगरपालिकाको शिक्षा तथा खेलकूद शाखाको सभाकक्षमा भेला सम्पन्न भएको हो । शिक्षा संयोजक नुराजम सिद्धिकीको अध्यक्षतामा भएको भेलाले आजदेखि सिम्रौनगढ नगरपालिका अन्तर्गतका सामुदायिक, संस्थागत तथा मदर्सा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको बताइएको छ । यसका साथै यसै महीनाको मसान्तभित्र विद्यार्थी भर्ना गर्ने निर्णय पनि गरिएको छ । भेलामा कङ्काली माविका प्रअ ध्रुवप्रसाद कुशवाहा, जनता माविका शम्भुप्रसाद यादव, प्रअहरू कमलेश अग्रहरि, जिक्रुल्लाह अन्सारी, रामायण प्रसाद, त्रिभुवन प्रसाद, अमानुल्लाह अन्सारीलगायत सहभागी थिए ।