कलैया,बाराको महागढीमाई नगरपालिका वडा नम्बर २ को बरियारपुर बजारमा मधेशी जनअधिकार फोरम मधेशीले एमसिसीविरूद्ध प्रदर्शन गरेको छ । एमसिसिले देशलाई झनै अस्थिरतातर्फ धकेल्ने भन्दै फोरमले मंगलबार बरियारपुरमा प्रदर्शनमा गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले एमसिसी खारेज गर, एमसिसी सम्झौता गर्न पाइदैन लगायतका नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका हुन् । साथै प्रधानमन्त्री शेरबहादुर देउवा विरूद्ध नाराबाजी गरेका थिए ।
फोरमका केन्द्रीय अध्यक्ष भाग्यनाथ गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न प्रदर्शनमा बारा जिल्ला अध्यक्ष मोहन यादव, संन्तोषकुमार साहलगायतका नेता कार्यकर्ताहरूको सहभागित रहेको थियो ।