बरियारपुर,अखिल (क्रान्तिकारी) महागढिमाई नगरपालिका प्रथम सम्मेलनले सोमबार नगर कमिटी गठन गरेको छ । सचिन कुशवाहको संयोजकत्वमा २९ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा गठन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रीय सद्स्य दिनेश यादवले १० वर्षे जनयुद्ध, मधेश आन्दोलन तथा बिभिन्न आन्दोलनमा ज्यान गुमाएका सहिदहरुको सपना पुरा गर्ने जिम्मेवारी माओवादीको काँधमा आएको बताउनुभयो । साथै अहिलेको समाजलाई भष्ट्रचारमुक्त बनाउन र यस कार्यमा लाग्न सबैलाई आग्रह पनि गर्नुभएको छ । सचिन कुशवाहको अध्यक्षतामा भएको सो कार्यक्रममा अखिल क्रान्तिकारी महागढीमाई वडा न ६ वडा कमिटी अध्यक्ष नेब्बुलाल चौरसियाको पनि उपस्तिथि रहेको थियो । सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई अखिल क्रान्तिकारी केन्द्रीय सदस्य यादवले शुभकामना प्रदान गर्नुभएको थियो ।

Leave a Reply