कलैया,नेपाल रेडक्रस सोसाइटी बारा जिल्ला शाखाले स्वयंसेवक बन्न इच्छुक व्यक्तिहरूका लागि आवेदन आह्वान गरेको छ।सोसाइटीमा आबद्ध भएर बारा जिल्लामाश्रोत परिचालन, स्वास्थ्य सेवा, मानवीय मूल्य प्रवद्र्धन, संरक्षण, लैङ्गिकता तथा समावेशीकरण, र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा स्वयंसेवा गर्न इच्छुक योग्य व्यक्तिहरूलाई आवेदन दिन अनुरोध गरिएको छ ।

रेडक्रसले सोमवार एउटा सूचनामार्फत इच्छुक व्यक्तिहरूले २०८१ फाल्गुन २३ गतेभित्र नेपाल रेडक्रस सोसाइटी बारा जिल्ला शाखामा आफ्नो आवेदन पेश गर्न भनेको छ । आवेदन फारम निःशुल्क रुपमा सोसाइटीको जिल्ला शाखाबाट प्राप्त गर्न सकिने पनि जनाइएको छ।स्वयंसेवक आवेदनका लागि स्वयंसेवा गर्न इच्छुक भएको नेपाली नागरिक, १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको र माध्यमिक तहको शिक्षा उत्तीर्ण गरेको हुनुपर्ने जनाइएको छ ।त्यसैगरी शारीरिक रूपमा तन्दुरुस्त हुनुपर्ने र आवश्यक परेको बेलामा सेवा प्रदान गर्न समय दिनसक्ने तथा रेडक्रससम्बन्धी सामान्यजानकारी भएको व्यक्तिलाई छनौंटमा प्राथमिकता दिइने पनि सूचनामा उल्लेख छ ।

Leave a Reply