वीरगन्ज,निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पर्सा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । निषेधाज्ञा उल्लंघन गर्दै व्यवसाय संचालन गरेको अभियोगमा पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का उपेन्द्र साह, राहुल साह, दयानन्द साह,. वडा नम्बर १५ पिपरा बस्ने रितेश महतो,.वडा नं.२ आदर्शनगर बस्ने आरएन सर्राफ, दिपक सर्राफ, संजयकुमार सोनार, सन्तोष श्रेष्ठ, वडा नम्बर .६ बस्ने सभम गुप्ता, वडा नं.४ बस्ने जाहिल मियाँ, जितेन्द्र प्रसाद रौनियार, नागेश्वर बानिया र विश्वनाथ प्रसादलाई पक्राउ गरेको हो । जेठ ३० गतेसम्म कोरोना विरुद्ध लगाइएको निशेधाज्ञा उल्लंघन गरेका कारण उनीहरुलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।