बरियारपुर,महागढीमाई नगरपालिकामा यो आर्थिक वर्षबाट विद्यालय हाताको २०० मिटरभित्र जकंफुड, मदिरा र सूर्तिजन्य बस्तु बिक्री वितरण गर्न नपाइने भएको छ । यसै आर्थिक वर्षको नीति तथा कार्यक्रममा लागु गरिने निर्णय नगरपालिकाले गरेको हो । नगर प्रमुख उपेन्द्रप्रसाद यादवले यस्तो निर्णयले नगरपालिकाका विद्यार्थीहरु गलत लतबाट जोगिने र उनीहरुको स्वास्थ्य राम्रो हुने बताउनुभयो ।

नगर प्रमुख यादवले आजका विद्यार्थी भोलिका राष्ट्रको धरोहर भएकाले देशको कर्णधारहरुको स्वास्थ्यमा गम्भीर हुन जरुरी तथा आवश्यक देखिएकोले यस्तो निर्णय गर्नु परेको बताउनुभयो । महागढीमाई नगरपालिकाका शिक्षक सन्तोष ठाकुरले नगरपालिकाले गरेको निर्णय स्वागत योग्य भएकोले सबै मिलेर कार्यान्वयन गर्नु पर्ने बताउनुभयो । उहाँले यसबारेमा शिक्षकले विद्यार्थीलाई बुझाउने र अभिभावकहरुमा पनि जनचेतना जगाउने कार्य गर्न जरुरी रहेको पनि गरिरहेको बताउनुभयो ।

महागढीमाई नगरपालिकाले गढीमाई क्षेत्रको विकासको लागि बनाउने गुरुयोजनामा विद्यालय क्षेत्रको विकास हुने नगर प्रमुखले बताउनुभयो । नगरपालिकाले सम्पूर्ण विद्यालयलाई एउटै रङ्गले रङ्गरोगन गरिने समेत कार्यक्रम ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here