हेटोंडा । मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरको आयोजनामा शनिबार सँझ हेटौंडामा बैतडीकी किशोरी भागिरथी भट्टकोृ हत्यामा संलग्नहरुको कारवाहीकोृ माग गर्दै उनको संझनामा दीप प्रन्वलन गरिएको छ । हेटौंडाको घण्टाघरमा आयोजित कार्यक्रममा नेकपा प्रचण्ड माधव समूहकी जिल्ला अध्यक्ष मुनु सिग्देल लगायतका नेता कार्यकर्ता सहित महिला अधिकारहरुको सहभागिता रहेको थियो । भागीरथीको आत्माको शान्तिको कामना सहित हत्यामा संलग्नको माग गर्दै आफूहरुले उक्त कार्यक्रमको आयोजना गरेको मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरकी अध्यक्ष टीका पौडेलले जानकारी दिनुभयो।