काठमाण्डौ,ताइवानमा सम्पन्न राष्ट्रपति चुनावमा चीन विरोधी भनेर चिनिएका विलियम लाइ विजयी हुनुभएको छ । वर्तमान उपराष्ट्रपति तथा सत्तारुढ ‘डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी’ (डीपीपी) का उम्मेदवार लाइ राष्ट्रपति पदमा विजयी हुनुभएको बीबीसीले जनाएको छ ।उहाँका निकटतम प्रतिस्पर्धी विपक्षी दल ‘कुमिन्टाङ’ (केएमटी) का होउ यु–इह ले पराजय स्वीकार गर्नुभएको छ । ताइपेईका मेयर होउ यु–इह चीनसँग घनिष्ठ सम्बन्धको पक्षमा हुनुहुन्छ । लाइको जित पछि आयोजित ¥यालीमा बोल्दै ताइवानकी वर्तमान् राष्ट्रपति साई इङ–वेनलेले ताइवानमा लोकतन्त्रको जित भएको बताउनुभएको छ ।
ताइवानको स्वतन्त्रता र लोकतन्त्रको लागि कुनै पनि चुनौती र दबाबले प्रभाव नपारेको भन्दै उहाँले मतदाताहरुलाई धन्यवाद दिनुभयो । यस्तै राष्ट्रपतिमा निर्वाचित भएपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै विलियम लाइले चीनसँगको सम्बन्धमा अत्यन्तै सतर्क रहने बताउनुभएको छ । उहाँले चीनसँग आपसी सम्मानका आधारमा संवाद र सहयोग रहने बताउनुभयो ।
उहाँले चार महिनापछि मे २० तारेखमा ताइवानको राष्ट्रपतिको शपथ लिनुहुनेछ । भएको राष्ट्रपति र संसदीय चुनावमा झण्डै एक करोड ९० लाख जनाले मतदान गरेका बीबीसीले जनाएको छ । एक सय १३ सदस्यीय विधायिकाको पनि मतगणना चलिरहेको छ ।ताइवानलाई चीनले आफ्नै देशको हिस्सा दाबी गर्नु र ताइवनासँगको सम्बन्धकै कारण चीन र अमेरिकाबीच टकराव रहेकोले यो चुनावलाई विश्वले चासोको साथ हेरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here