कलैया,बाराका १६ मध्ये ६ वटा पालिका वित्तीय सुशासन जोखिम मूल्याँकनमा उच्च जोखिममा रहेको देखिएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०।८१ को प्रतिवेदनमा बाराका अन्य १० पालिका मध्यम जोखिमको सूचीमा छन् । मन्त्रालयले योजना बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन तथा प्रतिवेदन, अनुगमन मूल्याँकन तथा लेखापरीक्षण र राजश्व व्यवस्थापन जस्ता शीर्षकमा अलग अलग मूल्याँकन गरी सोको अन्तिम नतिजा सार्वनिक गरेको हो ।मन्त्रालयले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार बाराको सिम्रौनगढ नगरपालिका, विश्रामपुर गाउँपालिका, देवताल गाउँपालिका, सुवर्ण गाउँपालिका, बारागढी गाउँपालिका र फेटा गाउँपालिका वित्तीय सुशासन जोखिम मूल्याँकनको नतिजामा उच्च जोखीमको सूचीमा परेका छन् ।
नतिजाअनुसार बाराका दुई उपमहानगरसहित अन्य १० पालिका मध्यम जोखीमको सूचीमा छन् ।

Leave a Reply