कलैया,जिल्ला प्रहरी कार्यालय बाराले जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसंग सोमवार परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाराका कार्यालय प्रमुख सुरेशप्रसाद काफ्लेले जिल्लाका १६ वटै स्थानीय तहका नगर प्रमुख÷उपप्रमुख÷अध्यक्ष÷ उपाध्यक्षहरूसंग परिचयात्मक कार्यक्रमसंगै हिन्दुहरूको महान् चाड बडा दशैं, शुभ दिपालवी एंव छठ पर्व समेतमा शान्ति सुरक्षा कायम गर्ने लगायत समसामाहिक विषयमा आवश्यक छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्नुभएको हो ।जिल्ला प्रहरी कार्यालयको सभा हलमा कार्यक्रमको आयोजना गरिएको थियो ।



















