नरेश गुप्ता

बरियारपुर,सिम्रौनगढ नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले अझै पनि पद तथा गोपनियताको शपथ लिन मानेका छैनन ।

प्रमुख निर्वाचन कार्यालय सिम्रौनगढले जेठ ११ गते आयोजना गरेको शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष तथा वडा सद्स्यहरुले अझै पनि पद तथा गोपनियताको शपथ लिन नमानेका हुन ।

नगर प्रमुख किशोरीप्रसाद कलवारबाट शपथ नखाने बताउदै उनीहरुले प्रमुख निर्वाचन अधिकृतबाट मात्रै शपथ लिने अडान लिएपछि बिवाद उत्पन्न भएको थियो । नवनिर्वाचित नगर प्रमुख कलवारले अन्तिमसमयसम्म गर्नुभएको अनुरोधको बाबजुद कांग्रेसबाट निर्वाचित नगर सभा सदस्यहरुले शपथ कार्यक्रम बहिष्कार गरेका हुन । कांग्रेश बाहेकका जनप्रतिनिधिले भने नगर प्रमुख कलवारसंग गत जेष्ठ ११ गते नै शपथ लिएका छन ।

निर्वाचन आयोगको निमावलिमा सपथ नलिइएका जनप्रतिनिधि नगर सभा, गाउँ सभा वा जिल्ला समन्वय समितिको निर्वाचनमासमेत भाग लिन नपाउने व्यवस्था रहेको छ । तर सिम्रौनगढमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले भने पद तथा गोपनियताको शपथ बिना नै पदभार ग्रहण गर्न खोजेको पाइएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट नगर प्रमुखमा विजयी बन्नुभएका कलवारले शपथ ग्रहण गर्न जेठ १४ गते शनिबारको लागि बोलाउनुभएको भएपनि कांग्रेशबाट निर्वाचित जनप्रतिनिधि उपस्थित भएका थिएनन ।

सिम्रौनगढ नगरपालिकामा बहुमत नगर सभा सदस्यहरुले शपथ नलिएपछि निर्वाचन कार्यालयको स्थानीय तहको कार्यपालिका सद्स्यहरुको निर्वाचन प्रक्रिया समेत अवरुद्ध भएको छ । नगर सभामा कांग्रेसबाट निर्वाचित सद्स्यहरुको बहुमत भएकै कारण उनीहरुले अभिमान देखाएर नगर प्रमुखबाट शपथ लिन अस्वीकार गरेको हुनसक्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here