नरेश गुप्ता
बरियारपुर,जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले मधेसको मुद्दालाई सम्बोधन गराउन प्राथमिकतामा राखेको बताउनुभएको छ । बाराको कलैयामा जसपा नेपालले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मधेसमा नागरिकता वितरण र मधेश आन्दोलनमा पक्राउ परेका नेता कार्यकर्ताको मुद्दा फिर्ता जस्ता काम पुरा गराउन आफुहरु लागि परेको बताउनुभएको छ ।मधेस आन्दोलनमा वीरगति प्राप्त गरेका सहिदहरुप्रतिको सम्मानलाई ख्याल राखेर काम गर्नु पर्ने उहाँको जोड थियो । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले मधेसी जनताको माग सम्बोधन गर्ने यादवले बताउनुभयो ।प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले मन्त्रीमण्डल विस्तार गरेपछि मधेशको मागप्रति ध्यानाकर्षण गरिने उहाँले बताउनुभयो ।बाराको कलैयामा भएको कार्यक्रममा जसपा नेता यादवसंगै वरिष्ठ नेता अशोक राई, कार्यकारणी परिषद सदस्य महेन्द्र राय यादव कार्यकारनी सदस्य रेणुु यादव, कार्यकारणी सदस्य, रामसहाय यादव, केन्द्रीय सदस्य रामबाबु यादव, केन्द्रीय सदस्य बाच्चा यादव, जिल्ला उपाध्यक्ष धर्मवीर यादव, सुवर्ण गाउँपालिका प्रमुख महेन्द्र यादव, उपप्रमुख बबिता यादवलागायत जासपा बाराका नेता कार्यकर्ता तथा शुभचिन्तकहरुको पनि सहभगिता रहेको थियो ।

















