सिमरा,बारा प्रहरीले लाखौं मूल्य बराबरको पटाका नियन्त्रणमा लिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगंजबाट प्रहरीले एक लाख दुई हजार बराबरको पटाका नियन्त्रणमा लिएको हो ।इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी वरिष्ठ नायब निरिक्षक धन प्रसाद श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ७०८५ नम्बरको यात्रूबाहक बस रोकेर जाँच गरेको थियो ।
उक्त बस जाँच गर्ने क्रममा बसको डिकी भित्र लुकाईछिपाई राखेको अवस्थामा विभिन्न किसिमका एक लाख दुई हजार मूल्य बराबरको प्रतिबन्धित पटाका बरामद भएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।प्रतिबन्धित पटाका नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रियाअगाडि बढाइएको प्रहरीले जनाएको छ ।


















