कलैया,काठमाडौँमा प्रहरीले बलात्कार आरोपमा बाराका एक जना चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कोल्हबी नगरपालिकाका ३६ वर्षीय चन्द्रभूषण चौधरी रहेका छन् ।प्रेमिकाले बलात्कारको आरोप लगाएर जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । चौधरीले विवाह गर्ने प्रलोभन देखाएर धोखा दिएको आरोप २६ वर्षीय प्रेमिकाको रहेको छ ।आरोपी चौधरीले जाहेरवाला युवतीसँग प्रेममा रहेको कुरा स्वीकार गरे पनि परिवारले विवाह गर्न नमानेका कारण आफू टाढिनु परेको बयान दिएका छन् । परिवारले विवाहका लागि केटी खोज्न थालेपछि आफूविरुद्ध जाहेरी परेको उनले अनुसन्धानका क्रममा बताएका हुन् ।चौधरी २०७५ सालमा बङ्गलादेशबाट एमबिबिएस सकेर नेपाल फर्किएका थिए । काठमाडौँको शान्तिनगरमा कोठा भाडामा बस्ने क्रममा सोही घरमा बस्दै आएकी जाहेरवाला युवतीसँग भेट भएको र पछि प्रेम सम्बन्धमा रहेको उनले बयानका क्रममा बताएका छन् ।प्रेम सम्बन्धबारे दुवै परिवारलाई थाहा भए पनि आफ्नो परिवारले विवाहको गर्न आनाकानी गरेका कारण आफू प्रेमिकाबाट टाढिनु परेको उनको भनाई छ ।

Leave a Reply