हेटौंडा – हेटौंडा ७ को शहरी स्वाथ्य केन्द्रलाई गुणस्तरिय माइक्रोसकोप हस्तान्तराण गरिएको छ । हेटौंडा उपमहाँनगरपालिकाका मेयर हरिबहादुर महतले क्षयरोगीहरुको परिक्षण गर्नका लागि माइक्रोसकोप हस्तान्त्रण गर्नुभयो ।

 

 

 

 

विएनएमटीले क्षेयरोगको परिक्षण शहरी स्वास्थ्य केन्द्रबाटनै गर्नका लागि सहज होस भन्ने उदेस्यले सहयोग गरेको हो । माइक्रोसकोप हस्तान्तरण गर्ने संस्थालाई धन्यवाद दिदै मेयर महतले भन्नुभयो–हेटौंडाको स्वास्थ्य क्षेत्र सुधार गर्नका लागि लागिपरेका छौ । यो दुई वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा क्रमिक सुधार भइरहेको छ । यसका लागि सवैको उत्तिकै सहयोग आवस्यक छ ।

 

 

 

माइक्रोसकोपबाट विरामीको खकार परिक्षण गरिन्छ । मकवानपुर जिल्लामा क्षयरोग नियन्त्रणको कार्यक्रम गर्दै आएको आज माइक्रोसकोप हस्तान्तरण गरेको विएनएमटीका क्षेत्रिय प्रमुख भोला राईले वताउनुभयो ।  हेटौंडा ७ का वडा अध्यक्ष राजन थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्वाथ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय कुमार उपाध्याय, हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्की, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतकाको सहभागिता रहेको थियो । विएनएमटीले क्षयरोग नियन्त्रणको अभियानमा मकवानपुर सहितका जिल्लामा काम गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here