हेटौंडा, रेडियो थाहा संचार हेटौंडाले हरेक बर्ष जस्तै यसपाली पनि नेपाली नारीहरुको पर्व हरि तालिका तीजको अवसरमा थाहा नारी रत्न सम्मान तथा तीज बिशेष कार्यक्रमको आयोजना गरेको छ । हेटौंडामा शुक्रबार एक बिशेष कार्यक्रमको आयोजना गरी सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै रेडियो थाहा संचारका स्टेशन मेनेजर गोकुल अधिकारीले सामाजिक उत्तरदायित्व अन्तरगत कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । रेडियोका प्रवन्ध निर्देशक अरुणराज सुमार्गीको अध्यक्षतमा भएको कार्यक्रमको प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा रहनु भएको थियो ।
सो क्रममा बोल्दै नगर प्रमुख लामाले रेडियो थाहा संचारले गरेको कार्य निकै प्रशंसनीय रहेको बताउनुभयो । कार्यक्रममा गैर सरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा,पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ की अध्यक्ष जुना दाहाल,मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । सोही अवसरमा मकवानपुरगढीकी सामाजिक ब्यक्तित्व सुलोचना स्याङ्तानलाई यस बर्षको थाहा नारी रत्नबाट सम्मान २०८२बाट सम्मान गरिएको छ । औपचारिक कार्यक्रमको समापन गर्नुहुँदै रेडियोका प्रवन्ध निर्देशक सुगार्मीले रेडियोले हरेक समयमा यस्ता कार्यक्रम गर्दै आइरहेको र यसपाली पनि गरेकोमा खुसी लागेको बताउनहुदै नेपाली समाज बिभिन्न धर्म,संस्कृतिले बनाएकाले सबैको संरक्षण र रक्षा गर्न रेडियो सदैव कृयाशिल रहेको बताउनुभयो ।


















