निजगढ –  खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ बाराको गठन भएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र समितिको शनिबार भएको बारा जिल्ला स्तरीय भेलाले खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निजगढका अध्यक्ष सुदर्शनप्रसाद कोईरालाको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्वसम्मत गठन गरेको हो ।

 

 

 

जिल्ला महासंघको उपाध्यक्षमा लक्ष्मी लामिछाने, सचिवमा शशि गौतम, कोषाध्यक्षमा चन्दा लामा, सहसचिव राधाकृष्ण चौधरी सर्वसम्मत चयन हुनुभएको छ । त्यसैगरी समितिको सदस्यमा राजहरण चौधरी, नारायण लामिछाने, सुरेन्द्रकुमार कर्ण, पुष्पराज थापामगर, रुद्रप्रसाद बजगाई, कुमारबहादुर मुक्तान, ईन्द्रबहादुर भण्डारी, रमेशकुमार पुलामी, राजकुमार घलान र औतार वाईवा सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै सल्लाहकार सदस्यमा योगेन्द्र गुरो मनोनित हुनुभएको छ । समितिमा बाँकी सदस्य पछि मनोनित गरिने बताइएको छ ।

 

 

 

नव निर्वाचित समितिका पदाधिकारीलाई शनिबार नै खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य तथा प्रदेश संयोजक रामकल्याण यादबले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । यस अघि भेलाको उद्घाटन गर्दै संयोजक यादबले खानेपानी क्षेत्रमा देखिएका समस्या समाधानका लागि महासंघमार्फत आवाज उठाउने बताउनुभयो ।

 

 

 

खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निजगढका अध्यक्ष सुदर्शनप्रसाद कोईरालाको अध्यक्षतामा भएको भेलामा स्वागत उपाध्यक्ष बेनीबहादुर मुक्तान र सञ्चालन सचिव महेश्वर अधिकारीले गर्नुभएको थियो । भेला निजगगढ–८ स्थित निजगढ बैंक्यूइट एण्ड पार्टी प्यालेसमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here