कलैया,बारा प्रहरीले लागूऔषध मुद्दाका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ गरेको छ । बारा जिल्ला अदालतको २०७५ बैशाख २४ गतेको फैसला आदेशले २ वर्ष कैद र पन्ध्र हजार जरिवाना ठहर भइ फरार रहेका प्रतिवादी जिल्ला बारा विश्रामपुर गाउँपालिका वडा नम्बर १ बस्ने रेखा साह तेलीको छोरा वर्ष ५५ को पन्नालाल साह तेलीलाई लुकिछिपी बसेको अवस्थामा बिहिबार पक्राउ गरी बारा जिल्ला अदालतमा पेश गरिएको र कैद भुक्तानको लागि कारागार कार्यालय वीरगन्ज पठाइएको प्रहरीले बताएको छ ।

Leave a Reply