राजकुमार यादव
मौलापुर,आईटी आर्मीले रौतहटको विभिन्न पालिकाहरुमा ज्ञापनपत्र बुझाइएको छ ।देशमा आर्थिक मन्दीका कारण आमजनताको जनजीवन कष्टकर बन्दै गएको विषयलाई ध्यानमा राखी आईटी आर्मीले रौतहट जिल्लाका विभिन्न पालिकामा बुधवार ज्ञापन पत्र बुझाएको हो ।हाल आर्थिक संकटबाट पालिकाहरु सबैभन्दा बढी प्रभावित भइरहेका छन् । जनताका अधारभूत समस्या समयमा समाधान गर्न तथा पालिकाप्रति आमजनताको विश्वसनियता अभिवृद्धि गर्न पालिकामा बसोवास गर्ने सम्पूर्ण जनताको बिजुली, पानी महशुल, शून्य कर नीति लागू गर्नु पर्ने माग राख्दै आईटी आर्मीले ज्ञापन पत्र बुझाएको हो ।साथै, पालिकामा भइरहेको सम्पूर्ण भागबण्डा बन्द र जनताबाट उठाउने प्रत्येक कर माफ सहितको माग राख्दै रौतहटको कटहरिया नगरपालिकाका र बौधीमाई नगरपालिकाकालाई आईटी आर्मीले पत्र बुझाएको हो ।संकटपूर्ण अवस्थामा जनतामाथि अनावश्यक करको भार थुपार्ने र जनताको रगत पसिनाबाट निर्माण भएको सरकारी बजेटलाई केही मुठ्ठीभर निर्वाचित जनप्रतिनिधिहरु आफु खुशी भागवण्डा गर्ने कार्यले नगरको विकास सम्भवना हुने भन्दै आर्थिक उत्पादनको श्रोत साधन सिमित र परम्परागत खेती प्रणलीमा आश्रित कृषि, व्यापार व्यवसाय सुक्दै गएको र बेरोजगार गुणात्मक ढंगले बढिरहेको तथा मजदूरहरु बाध्य भएर कष्टकर वैदेशिक रोजगारबाट जीवनयापन गर्नु परेको अवस्था छ । जनताको पिरमार्कामा राज्यको विभिन्न निकाय र तहहरुद्वारा सहयोग गर्नुको सट्टा आज कर आतंक खडा गरिएको छ ।जनताको आम्दानीमा कर लिने तर उत्पादन नोक्सान हुँदा वा घाटामा पर्दा हेर्न समेत नआउने उल्टै समयमा कर नतिर्दा सजायको भागिदार बनाउने जस्ता जनविरोधी कार्य खुलेआम भइरहेको छ । जन्म दर्तादेखि मृत्यु दर्तासम्म कर लगाउने, कर संकलन तथा सदुपयोग नगर्ने र आन्तरिक राजश्वलाई समेत पारदर्शी नबनाउने जस्ता कार्य भइरहेको आईटी आर्मीले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।



















