बारा,मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचको लागि बाराका संचारकर्मी र निर्वाचन कार्यालयबीच आचारसंहिता विषयक अन्तरक्रिया कार्यक्रम शनिवार कलैयामा सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय बाराको आयोजनामा आचारसंहिता केन्द्रीत कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले पत्रकारहरु राखेका जिज्ञासाहरुको बारेमा जानकारी गराउनुभएको थियो । प्रजिअ कटुवालले संचार क्षेत्र र पत्रकारहरु साझा भएकाले निर्वाचन मर्यादित बनाउनका लागि सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनलाई निष्पक्ष र धादलीरहित तुल्याउन प्रहरी प्रशासनले कुनै कसर बाँकी नराख्ने बताउनुभाये ।

कार्यक्रममा बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीसहित सुरक्षा निकायका प्रमुख, निर्वाचन कार्यालयका कर्मचारी र जिल्लाका ३० जना भन्दा बढी संचारकर्मीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत सरोजकुमार चौधरीले आमनागरिक र संचारमाध्यमहरुले पालना गर्नुपर्ने आचारसंहिताको विषयमा जानकारी गराउनुभएको थियो ।

Leave a Reply