धिरेन्द्र तिवारी
कलैया,बारा जिल्लाको सदरमुकाम कलैयास्थित बाल एकता स्कूलका प्रधानाध्यापक रुपेश स्वर्णकार (सर्राफ) को हत्याराहरूलाई पक्राउ गर्न माग गर्दै मृतकका आफन्त र स्थानीयले आइतबार कलैयामा प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा स्थानीय व्यवसायी, महिला, शिक्षक लगायत विभिन्न राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारणको समेत सहभागिता रहेको थियो ।प्रदर्शनका सहभागीहरुले बारा प्रहरीले हत्याकाण्डको सही अनुसन्धान नगरेकोले केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) मार्फत अनुसन्धान अघि बढाउनुपर्ने माग पनि गरेका छन ।जिल्ला प्रशासन कार्यालयको अगाडि हातमा प्ले कार्ड बोकेर भेला भएका स्थानीयहरूले रुपेशको हत्याराहरूको पक्राउ गर्न सिआइबीको टोली खटाउनुपर्ने र पक्राउ परेका निर्दोषहरुलाई तत्काल रिहा गर्नुपर्ने माग गरेका थिए ।आफन्त र स्थानीयले हत्याकाण्डमा फितलो अनुसन्धान गरेर निर्दोषीलाई फसाउने र झारो टार्ने काम मात्र गरिरहेको भन्दै प्रहरी अनुसन्धानमाथि आशंका गर्दैआएका छन । घटनाको सत्य तथ्य पत्ता लगाउन र दोषिमाथि कारबाही गर्न स्थानीयहरूले जनप्रदर्शन गरेका हुन ।
प्रदर्शनकारीहरूले हत्यारालाई छिटोभन्दा छिटो नियन्त्रणमा लिएर कारबाही गर्नुका साथै बारा प्रहरीव्दारा नियन्त्रणमा लिइएको बालएकता बोडिङ्ग स्कुलका शिक्षकहरु जमील अख्तर र रियाज अन्सारीलाई समेत रिहा गर्न माग गरेका हुन । रुपेशको हत्यामा सहयोगी भूमिका निर्वाहा गरको भन्दै पक्राउ परेका जमिल र रियाजलाई प्रहरीले झुटो आरोप लगाएर फसाउन खोजको रुपेशका आफन्तको आरोप छ ।प्रदर्शनमा नेकपा एमाले पोलिटब्युरो सदस्य एवंम बारा क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य ज्वालाकुमारी साह, एमाले पार्टीका केन्द्रिय सदस्य एवंम बारा क्षेत्र नम्बर ३ १ का मधेस प्रदेश सभा सदस्य रविन्द्रदास श्रेष्ठ, क्षेत्र नम्बर ३, २ का प्रदेश सभा सदस्य महम्मद समीर, पूर्वप्रदेश सभा सदस्य पारस साह, जनमत पार्टीका शिवनाथ पटेल, कलैया उपमहानगरपालिका वडा नम्बर १ का पूर्ववडा अध्यक्ष हरिओम सोनार सहिते हजारौ सर्वसाधारणको उपस्थिति रहको थियो ।प्रहरीले हत्याको योजना बनाएको आरोपमा रुपेशकै स्कूलककी पूर्वकर्मचारी राधा गुप्ता र २ जना शिक्षकसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । तर गोली प्रहार गर्ने सुटर र घटनाको मुख्य योजनाकार भनिएका मनोज गुप्तालाई भने अझै पनि पक्राउ गर्न सकेको छैन । मोटरसाइकलमा आएका भारतीय सुटरहरू रुपेशमाथि गोली चलाएर सीमापारि भागेको प्रहरीको भनाई छ ।अनुसन्धानका क्रममा राधा गुप्तासँग विवाहेत्तर सम्बन्धका कारण रुपेशको हत्या भएको प्रहरीले दाबी गरेको छ । गत बुधवार जिल्ला प्रहरी कार्यालय बारामा आयोजित पत्रकार सम्मेलनमा बारा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले राधाले आफ्ना अर्का प्रेमी भारतीय नागरिक मनोज गुप्तासँग मिलेर रुपेशलाई मार्ने योजना बनाएको र सोही अनुरूप भारतबाट सुटर बोलाएर हत्या गर्न लगाएको बताउनुभएको थियो ।
तर मृतकको परिवारका सदस्यले भने प्रहरीले राम्रोसँग अनुसन्धान नै नगरी हचुवाको भरमा राधासंगको प्रेम सम्बन्ध देखाउँदै मृतक र उनको परिवारलाई बद्नाम गर्ने प्रयास गरेको आरोप लगाएका छन् । रुपेशका दाजु भोलाले जमील र रियाज निर्दोष रहेको समेत दाबी गर्नुभएको छ ।गत सोमवार दिउँसो दुई वटा मोटरसाइकलमा चार जनता सुटरहरूको समूहले कलैया – ६ स्थित मदर्शा टोलमा रुपेशमाथि गोली प्रहार गरेको थियो । गोली प्रहारपछि घाइते भएका रुपेशको वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो ।

Leave a Reply