बरियारपुर,युवा संघ नेपालका केन्द्रीय महासचिव दिपक जि एमले राष्ट्रको शक्ति रुपमा युवा वर्ग नै रहेको बताउनुभएको छ ।

युवा संघ नेपाल महागढीमाईको नगर युवा भेलालाई बाराको गंन्जभवानिपुरमा शुक्रबार शम्वोधन गर्दै महासचिव जिएमले यस्तो बताउनु भएको हो । समाजको परिवर्तनसंगै राष्ट्र परिवर्तनको जिम्मेवारी अब युवा वर्गको काँधमा आएकोले एकतावद्ध भइ युवाहरुअगाडि बढनु पर्नेमा उहाँको जोड थियो ।

पूर्वप्रधानमन्त्री खडकप्रसाद ओलीको अराजकतावाद र प्रतिगमन सहन नसकी नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालले एमाले फुटाएको बताउदै अब नयाँ दल गठन भएको बताउनुभयो । निर्वाचन आयोगमा दर्ता भएको नेपाल समुहको पार्टी नेकपा एकीकृत समाजवादी पार्टी रहेको उहाँले जानकारी दिनुभयो ।

वरिष्ठ नेता नेपाल एमाले पार्टीको गद्दार नेता नभएको बताउदै ओलीको निरकुंश प्रवृत्तिलाई सखाप पार्दै देशलाई पाठ सिकाएको उहाँको धारण रहेको थियो ।

युवा भेलालाई सम्बोधन गर्दै नेकपा बाराका कार्यवाहक अध्यक्ष देवनारायण चौधरीले देशमा भ्रष्टाचार मौलाएकोले सबैभन्दा पहिला यसको नियन्त्रणमा युवाहरुले पहल गर्नुपर्नेमा जोड दिनुभयो । महागढीमाई नपा १० गंन्जभवानिपुरमा भएको भेलाले जयकिसुन यादवको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी चयन गरेको छ । युवा संघ नेपाल बाराका जिल्ला सदस्य समेत रहेका जयकिसुन यदवको अध्यक्षतामा भएको नगर भेलामा पिपुल्स संघको केन्द्रीय अध्यक्ष संजिव राई, युवा संघ नेपालका केन्द्रीय सचिव अर्जुन यादव, युवा संघ नेपाल प्रदेश नम्बर २ अध्यक्ष अर्जुन सिह, नेकपा एमाले प्रचार विभाग प्रमुख मनोज पौडेल, बारा क्षेत्र नम्बर २ का अध्यक्ष विजेन्द्र चौधरी, युवा संघ नेपाल बाराका अध्यक्ष राम यादव, जिल्ला सद्स्य धुर्व यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन अनिल भण्डारीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here