बरियारपुर,सशस्त्र प्रहरी बल १२ नम्बर गणका गुल्मपती रोबिन कर्णजितले हरेक विद्यार्थीले आफ्नो जीवनलाई अनुशासित रुपमा अगाडि बढाउनु पर्ने बताउनु भएको छ ।
बाराको कलैयास्थित मनकामना कलेजका विद्यार्थीहरुको व्याक्तित्व विकास सम्बन्धि १ दिने तालिमको उदघाटन गर्दै उहाँले आफ्नो अध्ययनमा भएको असफलतापछिको सफलताको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो । हरेक विद्यार्थीले आफ्नो जीवनमा ईगो राखी पढाइलाई अगाडि बढाउदै जानुपर्छ उहाँले बताउनुभयो । व्याक्तित्व विकास तालिमलाई उहाँले आफै प्रशिक्षण दिदै असफलता नै सफलताको खुड्किला रहेको उहाँले बताउनुभयो ।
‘मानिस जन्मेदेखि २५ वर्षसम्म उसको विद्या अश्राम रहेकोले यो अवधिमा पुर्वकालमा शिष्यले गुरुकुलमा गएर शिक्षा लिने गर्थे, उहाँले भन्नुभयो, त्यसैगरी अहिले विद्यार्थीले शिक्षा ग्रहण गर्नुपर्छ ।’ शिक्षा ग्रहण गर्नु पनि एउटा तपस्या रहेको बताउदै उहाँले हरेक विद्यार्थीले आफ्नो उदेश्यलाई अगाडि बढाउन लगनशील भएर अगाडि बढनु पर्ने बताउनुभयो । सो अवसरमा मनकामना कलेजका छात्रछात्रा, प्रधानाध्यापकहरु, प्राध्यापक नरेन्द्र निधी, मनकामना कलेजका निर्देशक रामबाबु कुशवाहा लगायतको सहभागिता रहेको थियो ।