पोखरिया,पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुरमा नेकपा एमाले कार्यकर्ताहरुको सोमबार भएको भेलाले मंगनी यादवको अध्यक्षतामा २८ सदस्यीय वडा कमिटी गठन गरेको छ । समितिको सचिवमा रहमान मियाँ, र सदस्यहरुमा हरिन्द्र साह, पर्सन यादव, भिखारी पटेल, राजकिसोर यादवलगायत रहनुभएको छ ।

भेलामा नेकपा एमाले छिपहरमाई गाउँपालिका अध्यक्ष प्रहलाद गुप्ता, गाउँपालिका सचिव कवल शरिफ गादी, एमाले पर्सा जिल्ला सचिव एव छिपहरमाई गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ता, वडा नम्बर १ का वडा अध्यक्ष राजबली यादव, युवा संघ छिपहरमाई गाउँपालिका अध्यक्ष सुबास साह कानु, कमल दास तत्वा, पहाडी गिरी, नाजिर मियाँलगायतको सहभागिता रहेको थियोे ।

वडा कमिटीमा चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई पालिका अध्यक्ष गुप्ता, सचिव गादी र जिल्ला सचिव गुप्ता लगायतले अबिर लगाएर शुभकामना तथा बधाइ दिएका थिए ।

Leave a Reply