बागमती(मकवानपुर), मकवानपुरको बागमती र बकैया क्षेत्रका दूध लिनका लागि हेटौंडाबाट बागमती गाउँपालिका आउदै गरेको दूग्ध बिकास संस्थानको ट्यांकर बुधबार बिहान मकवानपुरको बकैया गाउँपालिकाको श्रीपुर भन्ने स्थानमा दुर्घटना हुँदा घाइते भएकाको उद्वारमा मकवानपुरकै बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान आफै खटिएका छन् । बिहानै पानी परिरहेको समयमा भएको दुर्घटनामा घाइते भएका सो ट्यांकरका सहचालकको उद्वारका लागि गाउँपालिकाका अध्यक्ष घलान सहित नेकपा माओावदी केन्द्र बागमती गाउपालिकाका अध्यक्ष अरुण बल,गाउँपालिकाको कृषि शाखाका प्रमुख बीरेन्द्र समाल लगायत खटिएको नेकपा माओवादी केन्द्र बागमती गाउपालिकाका कार्यालय प्रमुख आषिस तामांगले जानकारी दिए ।

घाइतेको उद्वार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ। यसैबीच उक्त दुर्घटनामा परी हेटौंडा दूूग्ध बिकास संस्थानको ना १ घ ५४४ नम्बरको गाडी अनियन्त्रित भइ दुर्घटना हुँदा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९का सिद्धान्त लामाको उपचारका लागि हेटौंडा लैजाने गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । सहचालक धादिङ्ग गजुरी गाउँपालिका बस्ने ४५ बर्षीय प्रेम अधिकारी घाइते भएका थिए ।



















