राजमार्गका केही स्थानहरुमा सशस्त्र प्रहरीले गस्ती बढाउने कुरा गरेको पाइएको छ । सशस्त्र प्रहरीले अपराध नियन्त्रणका लागि भूमिका निर्वाह गर्ने पनि बताइएको छ । प्रदेश नम्बर २ अपराध नियन्त्रणका सवालमा पछाडि परेको अवस्था छ । अथवा यो प्रदेशमा अपराधिक घटनाक्रमहरु बढी रहेको पाइएको छ । यो प्रदेशमा सामाजिक अपराधका घटना बढी भएको देखिन्छ ।
सबै हिसावले सक्षम भएपनि प्रदेश २ मा सामाजिक घटनाहरु बढी नै भएको पाइएको छ । सामाजिक अपराधले यो प्रदेशको गरिमामा धेरै थोरै आँच आउने काम भएकै छ । सबैभन्दा बढी शिक्षित हुनुपर्ने प्रदेश २ मा अशिक्षितको संख्या पनि बढी नै छ जसका कारणले पनि समाजमा यस्ता घटनाहरु बढी घटेको पाइएको छ ।
त्यसैले पनि हरेक सभ्य समाजका लागि अपराध स्वीकार्य कुरा हुदैन । सभ्य समाजमा कुनै पनि प्रकारको अपराधका घटना नहोस् नागरिकहरुले यही चाहेका हुन्छन् तर विडम्बनापूर्ण रुपमा त्यस्ता घटना पनि भइरहेका हुन्छन । प्रहरीहरु अपराध रहित समाजका लागि नै राख्ने गरिएको हो । प्रहरीको भूमिका यही होस् यही चाहना हो सबैको ।