निजगढ,नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछानेलाई पुरस्कृत गर्ने भएको छ । सहकारी आन्दोलनमार्फत समाजेवामा सक्रिय रहदै आउनु भएकी लामिछानेलाई नेफ्स्कुन स्थापनाको ३४ औं वर्षगाठको अवसरमा मंगलबार ‘स्थापक अध्यक्ष’ पुरस्कारबाट सम्मान गर्न लागेको हो । नेफ्स्कुनले सोमबार विज्ञप्तिमार्फत उपप्रमुख लामिछानेलाई पुरस्कृत गर्ने बारेको जानकारी दिएको हो ।

स्थापना दिवसको अवसरमा हरेक वर्ष देशभरीका उत्कृष्ट सहकारी संस्थाका संस्थापक मध्येबाट एक महिला र एकजना पुरुष तथा कर्मचारीलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ । निजगढ महिला वचत तथा ऋण सहकारी संस्थामार्फत सहकारी अभियानमा सक्रिय रहदै आउनुभएकी उप्रमुख लामिछाने निजगढस्थित निजगढ महिला बचत सहकारीको संस्थापक अध्यक्षसमेत हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here