कलैया, बारा जिल्लाको सबैभन्दा पहिलो कृपा दैनिक पत्रिकाले आज आफ्नो २१ औं बार्षिकोत्सव मनाउँदैछ । बाराको निजगढमा एक बिशेष कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाउन लागेको हो । यसका लागि सबै तयारी पूरा भएको सम्पादक गोकुल घोरसाइनेले जानकारी दिनुभयो । प्रेस काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने र कार्यक्रम दिउँसो १ बजे उधोग बाणिज्य संघ निजगढको सभाकक्षमा हुने पनि उहाँले जानकारी दिनुभयो ।

सोही कार्यक्रम मार्फत कृपा दैनिकले पत्रिकाकाका संस्थापक सम्पादक कमल कुमार उपाध्यायकी ममतामयी माता उमा(जानकी) देवी उपाध्यायको नाउँमा स्थापना गरिएको उमादेवी स्मृति कृयाशिल पत्रकारिता पुरस्कार र कार्यकारी सम्पादक कृष्णउदास खनालका पुजनीय पिता चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कारबाट तीनजना पत्रकारलाई पुरस्कृत गरिनेछ।

उमादेवी पत्रकारिताबाट जनही २५ हजारका दरले रौतहटका पत्रकार फणी महत तथा सर्लाहीका पत्रकार ओमप्रकाश ठाकुरलाई प्रदान गर्ने निर्णय भएको छ भने चन्द्रप्रसाद स्मृति पुरस्कार बाराकी कृयाशिल पत्रकार महिला शारदा पोखरेललाई प्रदान गरिनेछ।

Leave a Reply