बरियारपुर,युवा संघ बाराले जिल्लाको आदर्श कोतवाल गाउँपालिकामा युवा भेला आयोजना गरेको छ । आदर्श कोतवाल गापा हर्नैयास्थित सम्पन्न भेलाले ७१ सदस्यीय आर्दश कोतवाल युवा संघ कमिटी गठन गरेको कलैया नगर कमिटी अध्यक्ष हरिओम साहले बताउनुभयो ।

युवा संघ नेपालका केन्द्रिय उपाअध्यक्ष तथा संगठन विभाग प्रमुख नितेश पौडेलको प्रमुख अतिथ्यमा गाउँ भेला सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य दिनेश राई, युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य तथा बारा सहइन्चार्ज गणेश रिजाल, सचिवालय सदस्य एंव बारा इन्चार्ज राजेश पटेल, केन्द्रीय सदस्य अनिल भण्डारी, मनोज साह, एमाले जिल्ला कमिटी सदस्य बतहु यादव, सुरेश मोदक, लालबाबु यादव, महेन्द्र जयसवाल, गगनदेव कुशवाहा, जिल्ला युवा संघ अध्यक्ष राम यादव, पर्साका अध्यक्ष भूपेन्द्र साह, जिल्ला उपाध्यक्ष रामकुमार भट्टराई , कलैया उपमहानगरपालिका नगर कमिटी अध्यक्ष हरिओम गुप्ता, जीतपुरसिमरा नगर अध्यक्ष सोम लामा बम्जन तथा स्थानीय कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो ।

कलैया उपमहानगरपालिका नगर कमिटीका सचिव तथा आदर्श कोतवाल गाउँपालिकाका स्थानीय युवा नेता जितेन्द्र साहको अध्यक्षता भएको युवा भेला अनिल भण्डारीले संचालन गर्नुभएको थियो । सो अवसरमा तीन सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here