नरेश गुप्ता
बरियारपुर,बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सबुउल्लाह मियाँले पुर्वाग्रह राखेर सर्वसाधारण सेवाग्राहीको काम गर्ने गरेको पाइएको छ । वडा अध्यक्ष मियाँले व्यक्तिगत रिसवीका कारण स्थानीय शेख कमरुल्लाहको निवेदनमा सिफारिस दिन नमानेका हुन । कमरुल्लाहकी आमा सेफेनिया सेखिनले गाउँपालिकामा बिगत डेढ महिनादेखि आफनो जग्गाको चारकिल्ला प्रमाणित गर्न र जन्मदर्ताको प्रमाण पत्र लिन गाउँपालिकाको कार्यलयमा धाउदा पनि वडा अध्यक्ष मियाँले व्यक्तिगत रिसबीका कारण सुविधाबाट बन्चित गरेको कमरुल्लाहले बताउनुभयो ।
जग्गाको सिफारिस र भतिजाको जन्मदर्ताको लागि सधै वडा कार्यलयमा जादा पनि वडा अध्यक्षको आदेशबिना सिफारिस पत्र दिन नमिल्ने वडा सचिव हरिनारायण कुशवाहाले बताउनुभयो । कमरुल्लाहका भतिजा शेख मुनाको भारतमा एउटी केटीसंग बाल्यकालमा नै निकाह भएपछि केटी पक्षले जबर्जस्ती बिवाह गर्न खोजेको र वडा अध्यक्षको ईशारामा आफुलाई कुटपिट समेत गरेको पीडितले बताएका छन ।
वडा अध्यक्ष मियाँले कटी पक्षसंग मिलेर बिवाहा दर्ताको लागि वडा कार्यलयबाट सिफारिस दिएपछि केटी पक्षले आफुहरुमाथि बारा जिल्ला अदालतमा मुद्दा गरेको र हाल सो मुद्दा किनारा नलागेको उहाँले बताउनुभयो । पिडितले पक्षले बिगत लामो समयदेखि वडा कार्यलयबाट सिफारिस नपाएको र गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवसंग हारगुहार गर्दा गाउँपालिकाले वडा कार्यलयको नाममा पत्र पठाएको भएपनि वडा अध्यक्षले पत्र समेत नबुझेर सिफारिस दिएका छैनन ।
यसैगरी सुवर्ण गाउँपालिका वडा नम्बर ८ निवासी शेख जाबेर पनि यस्तै समस्यामा पिडित छन । जाबेरले वडा कार्यलयमा कित्ता नम्बर १८८ को ८ कठ्ठा जग्गा बिक्रीको लागि सिफारिस माग गरेकोमा वडा अध्यक्ष मियाँले दिन नमानेको उहाँले दुखेसो पोख्नुभयो । व्यक्तिगत रिसबी र आफुलाई मार्ने धम्की दिएकोले सिफारिस पत्र रोकेर राखेको वडा अध्यक्ष मियाँले स्वीकार गर्नुभएको छ । जनताबाट चुनिएर आएका प्रतिनिधिले व्यक्तिगत रिसवीका आधारमा पूर्वाग्रह राखेर जनतालाई सेवा सुविधाबाट बन्चित गर्न खोज्नु निन्दनीय कार्य भएको स्थानीयले बताएका छन ।