बरियारपुर,जिल्ला बाहिरबाट अग्रेजी नयाँ वर्ष मनाउन आउनेहरुले प्रयोग गरेको सवारी साधनको चाप बढेपछि बारा जिल्लाका विभिन्न सडकमा शनिबार सवारी दुर्घटना हुने क्रम पनि बढेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ वीरगन्ज पथलैया सडकखण्डको डाबर नेपाल प्रा.लि.अगाडि जीतपुरबाट वीरगन्जतर्फ जादै गरेको प्र.२–०३–००२ प ५९६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक नजिकैको बिजुलीको पोलमा ठोक्किदा मोटरसाइकल चालक वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ बस्ने वर्ष ३२ का राजन गुप्ता घाइते भएका छन । गुप्ताको बाँया हात र खुट्टामा चोट लागेको छ । उनको हाल स्पर्स अस्पताल वीरगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी जिल्लाको करैयामाई गाउँपालिका वडा नम्बर ४ सानो लौतनस्थित सिसवाबाट सदरमुकाम कलैयातर्फ जादै गरेको ना ३१ प ३०२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको प्र. २–०३ प ३३४० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुबैजना घाइते भएका छन । जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ६ प्रसौनी टोलका वर्ष ४२ का रामअधार चौधरी र करैयामाई गाउँपालिका वडा नम्बर ५ ठोरी टोल बस्ने वर्ष २८ का अर्का एकजना घाइते बनेको प्रहरीले जनाएको छ । घाइते दुबैजनाको हात र खुट्टामा चोट लागेको छ ।

यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डको २ नम्बर पुल नजिकै निजगढबाट पथलैयातर्फ जादै गरेको पिबि ०३ एजेड १९७ नम्बरको भारतीय जीप आफै अनियन्त्रित दुर्घटना भएको छ । जीप सडकबाट तल झर्दा जीपमा क्षेतिग्रस्त भएको तर मानवीय क्षेति नभएको प्रहरीले बताएको छ । जीपमा चालकसहित ५ जना सवार रहेका थिए । जीपमा सवार सबैले मादक पदार्थ .सेवन गरेको पनि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीपमा भारत बिहार जिल्ला मधुवनी ग्राम नियारसा साक्री बस्ने वर्ष २५ का जीप चालक अमन किशोर सिंह, सोही ठाउँ बस्ने वर्ष १९ का नबजित कुमार सिंह, वर्ष ३० का गोपाल झा र वर्ष २४ का सुभमकुमार सवार रहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

जीपसहित उनीहरुलाई आवश्यक कारबाहीको लागि प्रहरी नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय बाबराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here