सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा शनिबार निशुल्क आँखा शिवीर सम्पन्न भएको छ ।

शिवीरमा जीतपुरसिमरा बजनी, जीतपुर, बकुलिया, रामवन, सिमरा, नरबस्ती लगायतका गाउँहरुबाट आँखा परीक्षणको लागि बिरामीहरु आएका थिए ।

लायन्स क्लव अफ जीतपुरसिमरा, मात्रिका आइ फाउण्डेशन, लियो क्लव अफ जीतपुरसिमराको आयोजनामा गरिएको उक्त शिविरमा ३ सय ३० जनाको आँखा परीक्षण गरिएको थियो ।

नेत्र रोग विशेषज्ञ डा. अमृत आचार्यको संयोजकत्वमा भएको शिविरमा ८५ जनामा मोतियाविन्दु फेला परेको र उनीहरुको निशुल्क शल्यक्रियाको लागि मात्रिका आइ फाउण्डेसन रिफर गरिएको समाजसेवी एवं लायन नारायणी रायमाझीले बताउनुभयो ।

शिवीर उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य डा. शोभाकर पराजुली, लालबाबु सिंह, समाजसेवी कृष्णव्रत सिंह, स्थानीय जनप्रतिनिधिहरू दुर्गा रिजाल, विनिता रेग्मी, रुकुमाया पाख्रिन, लायन्स क्लव ३२५का रिजन चेयर पर्शन मुकुन्दबहादुर क्षेत्री, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सञ्जय साह, हातेमालो साकोसका अध्यक्ष यज्ञ आले, महिला नेतृ गीता कँडेल, कालिका ढकाल, पुस्कर रायमाझी, डमरु विकलगायतको उपस्थिति रहेको थियो । लायन नारायणी रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सुशिल ढोडारीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here