दुष्यन्त चौधरी 

कलैया , ११ माघ । नेपाल प्रहरीले  पछिल्लो समयमा चालेका अभियानहरू मध्ये समुदाय – प्रहरी साझेदार कार्यक्रम प्रभावकारी बन्दै गएका छन् । नेपाल प्रहरीले मुस्कान सहितको प्रहरी , प्रहरी मेरो साथी कार्यक्रम गर्दै अहिले समुदाय – प्रहरी साझेदार कार्यक्रम ल्याएका छन् । 

 

 

 

 

 

नेपाल प्रहरीले  समुदाय – प्रहरी साझेदार कार्यक्रम ल्याउना साथ अपराधिक गतिविधिमा कमि आएका देखिन्छ । त्यसैगरी यो कार्यक्रम लागू भएकाले नै अहिले बारामा धमाधम विभिन्न मुद्दामा  फरार रहेका  प्रतिवादी पक्राउ गर्न सफल भएका बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । 

 

 

 

 

 

जिल्ला प्रहरी कार्यालय बारा तथा कार्यालयको मातहतका कार्यालयले दिन दिनै समुदाय – प्रहरी साझेदार कार्यक्रम अन्तरगर्त कुनै न कुनै कार्यक्रम गर्दै आएका छन् । शनिबार मात्र फेटा गाउँपालिकाको वडा नम्बर ३ मा बृहत कार्यक्रम गरेका थिए । 

 

 

 

जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा बालविवाह, दाईजो प्रथा, बहुविवाह तथा महिला हिंसा बिरुद्ध सडक नाटक सहितको बृहत सचेतना कार्यक्रम सम्पन्न भएको छ ।  जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक विकासराज  खनालको अध्यक्षतामा तथा   प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको प्रमुख आतिथ्यमा फेटा बजारमा बृहत कार्यक्रम सम्पन्न भएको छ ।

 

 

 

 

कार्यक्रममा  बालविवाह, दाईजो प्रथा, बहुविवाह तथा महिला हिंसा बिरुद्ध सन्देश मुलक सडक नाटक प्रस्तुत गर्नुको साथै सो सम्बन्धी कानुनी व्यवस्थाका सम्बन्धमा प्रहरी निरीक्षक शेख अदालतले मल्टिमिडिया मार्फत प्रस्तुतिकरण गरेका थिए ।  कार्यक्रममा  फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसाद , कान्तिपुर टिभीका  उपेन्द्र ठाकुर लगायतले बालविवाह, दाईजो प्रथा, बहुविवाह तथा महिला हिंसा बिरुद्ध मन्तव्य व्यक्त गरेका थिए ।

 

 

 

 

 

उक्त कार्यक्रममा विभिन्न स्कुलका प्रधानाध्यापक,  जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारी, बुद्धिजिवी , अविभावक तथा विद्यार्थी समेत गरी करिब आठ सय ५० जनाको सहभागी रहेका बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।

Leave a Reply