सिमरा,राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा १ सय ४ वर्षअघि निर्माण गरिएको बारा र मकवानपुर जिल्लालाई जोड्ने चुरियामाई सुरुङमार्गको पुनःनिर्माणको जिम्मा माउण्टेन इन्फ्रा कम्पनीले पाएको छ ।

करीब पाँच करोड रुपैयाको अधिकतम् सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्नसक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरिएकोमा सोकोलागि माउण्टेन इन्फ्रा कम्पनीको प्रस्ताव छनोट भएको बाग्मति प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डाक्टर सहदेवबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुङको पुनःनिर्माणको शिलान्यास यही साउन १४ गते मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने जनाइएको छ । यातायात प्रयोजनका लागि निर्माण भएको दक्षिण एशियाकै पहिलो चुरियामाई सुरुङमार्गले ऐतिहासिक महत्व छ । चुरियामाई सुरुङमार्ग नेपाली सेनाका कर्णेल इञ्जिनीयर डिल्लीजङ थापाको नेतृत्वमा निर्माण गरिएको थियो । विक्रसंवत १९७४ सालमा राणाप्रधानमन्त्री चन्द्रशम्शेरले बनाउन लगाएको यो मार्ग ५०० मिटर लामो थियो । हाल पहिरोले एकापट्टीको भाग पुरिएपछि यो मार्गको २८० मिटरमात्र बाँकी रहेको छ ।

नेपालका पहिलो इञ्जिनीयर थापाले डिजाइन र निर्माण गराएको यो सुरुङमार्ग नजिकै चर्चित शक्तिपीठ चुरियामाईको मन्दिर छ । इञ्जिनीयर थापाले सुरुङ खन्न थालेपछि उहाँलाई सपनामा देवीले म बसेको ठाउँमा बाटो खनिस त्यसको सट्टामा एउटा मन्दिर बनाएर मलाई स्थापना गर भनेका कारण थापाले मन्दिर बनाएको किंवदन्ति पनि पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here