नरेश गुप्ता

बरियारपुर,राष्ट्रिय बाणिज्य बैक शाखा कार्यलय कलैयाबाट अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको झण्डै ५ करोड कर्जा असुल गर्न बाँकी रहेको बैकले जनाएको छ । आर्थिक वर्ष ०७७÷०७८ को असार मसान्तसम्ममा राष्ट्रिय बाणिज्य बैकले कृषकलाई दिएको ३५ करोडमध्ये ५ करोड असुल गर्न बाँकी रहेको शाखा प्रवन्धक बिबेक श्रीबास्तवले जानकारी दिनुभयो ।

बैकले कृषकलाई विभिन्न उदेश्यमा २.५ प्रतिशत (सस्तो) ब्याजदरमा खेतबारी धितो राखी लगानी गरेको छ । बैकले दिने ब्याजदरमा ५ प्रतिशत अनुदान मिनाह गरेर सस्तो दरमा कृषकहरुलाई कर्जा लगानी गरेको शाखा प्रवन्धक श्रीबास्तवले बताउनुभयो । बैकको शाखा कार्यलय कलैयाबाट जग्गा धितो राखी झण्डै दुई सय भन्दा बढी कृषकले कर्जा लिएका छन । बैकले सस्तो ब्याजदरमा लगानी गरेपछि कृषकहरु बाणिज्य बैंकबाट कर्जा लिन आकर्षित भएका हुन ।

जिल्लाका अधिकांश किसानले माछापालन व्यवसायको लागि बैकबाट ऋण लिएका छन । माछापालक किसानलाई सस्तो ब्याजदरमा लगानी गरेको बैकले पनि जनाएको छ । तर उक्त रकमबाट कृषकहरुले अन्य कारोबार गरेको पाइएको छ । केही किसनले सस्तो व्याजदरमा रकम लिएर उद्देश्य बाहिरको कारोबारमा खर्च गर्ने गरेको पनि पाइएको हो ।

उता, बैकका प्रवन्धक श्रीवास्तबले अनुगमनको क्रममा विभिन्न उदेश्य राखी व्यवसाय संचालनको लागि माग गरेको ऋण प्रवाहा गर्ने क्रममा कृषकको व्यवसाय संतोषजनक देखिएपछि मात्र थप रकम प्रदान गर्ने प्रवन्धक श्रीबास्तवले बताउनुभयो । संतोषजनक नदेखिएको खण्डमा बैकले दोस्रो किस्ताको कर्जा रोक्ने गरेको पनि बताउनुभयो । बैकको कलैया शाखाले जिल्लामा माछापालनसहित पशुपालन, अन्य यवसाय र उद्योगधन्दा लगायतको शीर्षकमा ऋण लिएर लगानी गरेका छन ।

Leave a Reply