राजनकुमार बानिया
पोखरिया,मधेश प्रदेश सरकारका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीलाई पर्साको पोखरिया नगरपालिकामा स्वागत तथा सम्मान गरिएको छ ।मन्त्री नियुक्त भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएका क्षेत्रीको पोखरिया नगरपालिका वडा नम्बर ४ को सतवरियामा एक कार्यक्रमबीच स्वागत तथा सम्मान गरिएको हो ।कार्यक्रमलाई संबोधन गर्दै मन्त्री क्षेत्रीले किसानको छोरो भएको बताउदै आफूले किसानको समस्या बुझेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म स्वागत र सम्मानको लागि मात्रै होइन, किसानहरुसंग भटेर उनीहरुका समस्यालाई बुझ्न र सल्लाहा लिन पनि आएको हु ।’

सिँचाई, बिउ बिजन, मलखादलगायत प्राविधिक सहयोग समयमा नपाएका कारण किसानहरुले समस्या भोग्नुपरेको उहाँले बताउनुभयो । कृषि मन्त्री भएपछि कृषि क्षेत्रमा क्रान्ति ल्याउन खोजेको बताउदै उहाँले अब किसानहरुलाई नयाँनयाँ प्राविधि सिकाएर आत्मनिर्भर बनाउने उद्धघोष पनि गर्नुभयो ।
कृषि मन्त्री क्षेत्रीले आगामी दिनमा मधेश प्रदेशको सबै क्षेत्रमा कृषि प्राविधिक टोलीसहित कार्यालयहरु स्थापना गरेर किसानहरुलाई सहयोग गर्ने पनि बताउनुभयो ।सोही कार्यक्रममा बोल्दै मन्त्री सिंहले पोखरिया नगरपालिकामा सभागृह र खेल मैदान बनाउने घोषणा पनि गर्नुभएको थियो । कृषि मन्त्री क्षेत्रीले भन्नुभयो, ‘सभागृह र खेल मैदान बनाउन पोखरिया नगरपालिकासंग जग्गा उपलब्ध गराउन आग्रह गर्दैआएको छु तर अहिलेसम्म पनि जग्गा उपलब्ध नभएका कारण दुबै योजनाको शुरुवात गर्न सकिएको छैन ।’

स्वागत तथा सम्मान कार्यक्रम वडा नम्बर ४ का वडा अध्यक्ष लक्षमण साह र नेपाली कांग्रेस वडा नम्बर ५ बुथ सभापती हारुन मियाँको अध्यक्षतामा सम्पन्न भएको थियो ।कार्यक्रममा पोखरिया नगरपालिकाका पूर्वमेयर दिपनारायण रौनियार, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापती श्रीकिसुन चौहान, पूर्ववडा अध्यक्ष रामबाबु चौहान, उमाकान्त साह, सुरेन्द्र यादव, नेपाली काँग्रेसका युवा नेता विवेक चौरसिया, सकिम मियाँ, रामबचन महतो, क्षेत्रीय सचिव सुरेन्द्र सिंह, गनि अन्सारी, राजु रौनियार, रवि रौनियारलगायत नेता कार्यक्रताहरुको सहभागिता रहेको थियोे ।कृषि मन्त्री क्षेत्रीको शिवबर्वा, रानिगञ्ज, जगतपुरलगायत स्थानहरुमा पनि स्वागत तथा सम्मान गरिएको थियो ।

Leave a Reply