वास्तवमा न्यायलय स्वच्छ हुनुपर्छ र न्यायलयबाट धेरै नागरिकहरुले न्यायको आश गरेका हुन्छन् । कतिपयं अवस्थामा प्रहरीले निर्दोष व्यक्तिलाई पसाउने प्रयास पनि गर्दछ र यस्तोमा न्याय मुर्तिबाट न्यायको आश गर्नु स्वभाविक पनि हो । तर नेपालको सवालमा कुरा गर्दा भने यसको ठिक उल्टो जस्तो देखिएको छ ।

नेपालको न्यायलय कहिल्यै निष्पक्ष बन्न नसकेको कुरा बेला बेलामा आउने गर्दछ र यसैको उदाहरण सर्वोच्च अदालत नै भएको छ । गएको वर्ष जसले प्रधानमन्त्रीको कुर्सीमा अहिलेका दलहरुलाई पठाइदिएका थिए । उनकाबिरुद्ध आइतबार छापामारी शैलीमा महाअभियोग प्रस्ताव संसदमा पेस भएको छ । यसले एउटा राजनीतिक अवस्था देखाइ दिएको छ ।

यसका पछाडि केके राजनीतिक स्वार्थ छन् भन्ने कुरा त भोलिका दिनमा पुष्टि होला तर यो एक प्रकारको छापामार शैली नै हो । यही छापामार शैलीका कारण पनि अब नेपालको इतिहासमा दोश्रो पटक महाभियोग सामना गर्ने न्यायमुर्ति प्रधानान्यायधिश चोलेन्द्र शम्शेर बनेका छन् । किन उनीमाथि यो अवस्था सृजना भएको हो भन्ने बारेमा अहिले सबै फेरिस्त सार्वजनिक नभएपनि कुनै दिन पक्कै हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here