वीरगन्ज,पोखरिया नगरपालिकाविरुद्ध जसपाका केन्द्रीय सदस्य निजामुद्दीन समानीको नेतृत्वमा शुरु भएो धर्ना तथा भन्डाफोर अभियान मंगलबार पनि जारी रहेको छ ।

नगरपालिकामा शिक्षा, स्वास्थ्य, रोजगारका साथै भौतिक निर्माणका लागि संघ तथा प्रदेश सरकारबाट आएको बजेट खर्च नगरेर फ्रिज गराएको भन्दै सोविरुद्ध सोमबारदेखि समानीको नेतृत्वमा धर्ना तथा भन्डाफोर अभियान शुरु भएको हो ।

नेता समानीले २०७७ माघ १५ गतेदेखि आफूले पटक–पटक ठेक्काबाट काम गर्न नगरप्रमुखलाई दबाब दिंदै आएको तर टेन्डरबाट ठेक्का नगरी गोप्य टेन्डर गरेको कारण बजेट फ्रिज भएको बताउनुभयो ।

उहाँले कर्मचारी र जनप्रतिनिधिहरुको मिलिमतोमा गत आर्थिक वर्ष २०७७÷७८ को आर्थिक मसान्तमा वर्षा भइरहँदा ९० लाखको ग्रेभल तथा औषधि खरीदलगायतका टेन्डर गरेर आर्थिक चलखेल गरिएको र टेन्डरबाट गर्नुपर्ने अन्य कामप्रति बेवास्ता गरिएकोले बजेट फ्रिज भएको बताउनुभयो । उहाँले भौतिक निर्माण, शिक्षा तथा युवा स्वरोजगारलगायत कार्यक्रममा करोडौं रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराएको तर पोखरिया अस्पतालको भवन निर्माण, अक्सिजन प्लान्ट, एम्बुलेन्स खरीद, औषधि खरीद तथा फोहर व्यवस्थापनको काम हालसम्म पनि सम्पन्न हुन नसक्दा आमजनता सेवाबाट बञ्चित भएको बताउनुभयो ।

उहाँले ९ सूत्रीय माग राख्दै पोखरिया अस्पतालमा अनिश्चितकालीन धर्ना शुरू भएको बताउनुभयो । समानीले धर्नासँगै पोखरिया नपामा भएको भ्रष्टाचारको भन्डाफोर गरिने पनि बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here