कृपा सवाददाता
हेटौंडा , २१ कार्तिक । प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले सम्बृद्धि प्राप्त गर्नुमात्रै वर्तमान मुलभुत उद्देश्य नभइ समृद्धिको वितरण न्यायोचित हुनुपर्ने वताउनुभयो । सिंधुलीको दुधौली नगरपालिका वडा नम्बर ४ मा आज दोश्रो दनुवार साँस्कृतिक महोत्सवको उद्घाटन् गर्दै मन्त्री नेपालले भन्नुभयो–‘समृद्धिको पहिलो हिस्सेदार पछाडि परेका जनता हुनुपर्छ । समृद्धिले सबै वर्गलाइ समेट्नुपर्छ भन्ने वर्तमान सरकारको मान्यता हो, हाम्रो गन्तव्य समाजवाद हो ।
दनुवार संस्कृति लोप हुन दिन नहुने उहाँले वताउनुभयो । आधुनिकताले दनुवार संस्कृतिमाथि प्रहार गर्न दिन नहुने वताउँदै मन्त्री नेपालले भन्नुभयो–‘संस्कृतिको जगेर्ना गरेर दनुवार समुदायको उत्थान गर्न गर्न सकिन्छ, संस्कृतिलाइ ब्राण्डिङ गरेर समृद्धिको यात्रा तय गर्न सकिन्छ । दनुवार समुदायको हितका लागि प्रदेश सरकारले गर्नुपर्ने कामहरु प्राथमिकताका आधारमा तय गरिने र प्रदेश सरकारको तर्फबाट यथोचित प्रयत्न गरिन्छ ।’ दनुवार समुदायको साँस्कृतिक संग्रहालय निर्माण गर्न क्रमागत रुपमा बजेटको व्यवस्था गर्ने उहाँले जानकारी दिनुभयो ।
विगतमा कमलाखोजको नाममा चिनिने क्षेत्रमा दनुवार जातिको संख्या उल्लेखनिय मात्रामा रहेको वताउँदै मन्त्री नेपालले भन्नुभयो–‘दनुवार संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सिन्धुलीको दुधौली नगरपालिकामा दनुवार साँस्कृतिक महोत्सवको आयोजना गरिएको हो । कार्यक्रममा सिन्धुली जिल्लाका सबै प्रदेश सभा सदस्य, पूर्व मन्त्री, पूर्व प्रतिनिधिसभा सदस्यहरु, नगरप्रमुख, जनप्रतिनिधिहरु, पार्टि प्रतिनिधिहरु, विभिन्न जिल्लाका दनुवार समुदायको उपस्थिति रहेको थियो ।